इटहरीः नेपाली मौलिक लोक गीत संगीतको बजार क्रमिक रुपमा बढ्दो मात्रामा रहेको छ ।

गायक गणेश रावल र गायिका भावना शाहीको स्वरमा रहेको ’बनै गुराँस फुल्नाले’ गीतको भिडियो सलिना म्युजिकमार्फत् सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । आफनी मायालुलाई माया गर्नको लागी गायक निकै आतुर रहेका छन् । गणेश रावल र भावना शाहीको शब्द सिर्जना तथा लय सिर्जना गीतमा रहेको छ ।

प्रेमील युगल जोडी बीचको भावनात्मक प्रेमलाई गीतमा देखाउन खोजिएको छ । दुर्गा पौडेलको छायांकन , नवी घर्तिमगरको सम्पादन तथा दीपकमान सिंहको निर्देशन भिडियोमा छ । शंकर बीसी र करिष्मा ढकालले गीतमा अभिनय तथा नृत्य गरेका छन् ।