इटहरीः गृह मन्त्रालयले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णय गर्दै आइतबार सिडिओहरू हेरफेर गरेका हुन् । सहसचिव किरण थापालाई कैलालीको सिडिओ बनाइएको छ भने कैलालीका सिडिओ सहसचिव खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालय ल्याइएको छ । मुस्ताङको सिडिओ उपसचिव नेत्रप्रसाद शर्मालाई बनाइएको छ । डोल्पा, स्याङ्जा, सिन्धुपाल्चोक, अर्घाखाँची र पाल्पाका सीडीओ पनि फेरिएका छन् ।

moha cdo