इटहरीः झापाको भद्रपुर नगरपालिका १० स्थित केन्द्र मोडमा हात्ती धपाउन राखिएको करेन्ट सहितको तारमा छुँदा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानकी ५४ वर्षीया कल्पना राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार आफ्नै घरबाहिर रहेको विद्युतीय तार छोएपछि आज बिहान ०८ः०० बजे करेन्ट लागेर राईको मृत्यु भएको हो ।