इटहरीः संखुवासभाको मादी नगरपालिका १ तिनजुरेस्थित भित्री कच्चि सडकखण्डमा ट्याक्टर भीरबाट खसेर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तेह्रथुम लालिगुरास नगरपालिका १ घुर्मुसे का ३७ वर्षीय रमेश दाहाल रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार आज बिहान १ः०० बजे टुटेबाट गुफा तर्फ जाँदै गरेको अन टेस्ट ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट बाँयाँ अन्दाजी ३०० मिटर तल खसी दुर्घटना हुँदा चालक दाहालको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनास्थलमा प्रहरी चौकी मादीमुलखर्क, टुटेदेउराली र इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटी गई कानूनी प्रकृया पूरा गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।