इटहरीः संखुवासभाको चिचिला गाँउपालिका ३ केराबारी स्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको एडिट फोरको सरसापटमा पटेल कम्पनीको डब्ल्यूबी ११ टीसी ०२९६ नम्बरको मिल्लर गाडी गाडी पल्टँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक भारत बिहार का ३५ वर्षीय श्याम झा र सोही गाडीमा सवार भारत युपी का ४० वर्षीय श्रीनिवास सिंह रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार हिजो बेलुका ८ः०० बजे गिटी सिमेन्ट घोली पुर्याई फर्कने क्रममा आफैँ अनियन्त्रित भई अन्दाजी १५० मिटर तल खसी दुर्घटना भएको थियो ।

सो दुर्घटनाबाट गम्भीर घाइते भएका दुवै जनाको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा आज बिहान ६ बजे मृत्यु भएको छ । घटनाको सम्बन्धमा अस्थायी प्रहरी बेस पुखुवाबाट प्रहरी टोली खटी गई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।