इटहरीः तेह्रथुमको छथर गाउँपालिका ३ ज्यामिरे का ५४ वर्षीय गोविन्दबहादुर लिम्बू र उनकी श्रीमति ५२ वर्षीया भक्तकुमारी लिम्बूबीच मादक पदार्थ सेवन गरी झै–झगडा हुँदा गोविन्द बहादुरको ज्यान गएको छ भने भक्तकुमारी घाइते भएकी छन् ।

हिजो राति ९ः०० बजे उनीहरुबीच आफ्नै घरमा मादक पदार्थ सेवन गरी झैझगडा तथा कुटाकुट हुँदा दुवै जनाको टाउकोमा चोट लागी गम्भीर घाईते भएका थिए । दुवै घाइतेलाई उपचारको लागि छथर अस्पताल पठाइएकोमा आज बिहान १२ः४५ बजे गोविन्दको उपचारका क्रममा मृत्यु भएको र भक्तकुमारीलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धान पठाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनाको बारेमा इलाका प्रहरी कार्यालय वसन्तपुरले थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।