उर्लावारीः उर्लावारीमा लागेकाे अागाे नियन्त्रणमा अाएकाे छ । इलाका प्रहरी कार्यालय उर्लावारीका प्रहरी निरिक्षक रामप्रसाद तिम्सिनाकाअनुसार बजार क्षेत्रमा रहेकाे भक्तिराज अधिकारीकाे घरमा लागेकाे अागाे नियन्त्रणमा अाएकाे छ ।

अायाे नियन्त्रणमा लिन इटहरी, वेलवारी, दमक र गाैरिगञ्जका दमकल प्रयाेग गरिएकाे थियाे । प्रहरी, स्थानियवासी र दमकलकाे सहायताले अागाे नियन्त्रणमा अाएकाे हाे । अागाे दिउँसाे २ बजे लागेकाे थियाे ।

अधिकारीकाे घरमा रहेकाे किरानापसलसहितकाे हाेटल पुर्णरूपमा जलेर नष्ट भएकाे छ । घर तथा पसलमा अनुमानित ५० लाखकाे क्षती भएकाे प्रहरी निरिक्षक तिम्सिनाले जानकारी दिएका छन् ।

उनका अनुसार अन्य क्षती कम गर्न छेउका घरसमेत भत्काइएकाे थियाे । अागाे के कारणले लागेकाे हाे अनुसन्धान भइरहेकाे उनले जानकारी दिए ।