इटहरीः आज देशका केही स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार बिहान पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ । दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

राति पनि पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहको छ। उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।