इटहरीः सुनसरीको दुहबीका व्यवसायी फिदा खानमाथि गोली प्रहार भएको छ । आज बिहान मर्निङ वाक जाने क्रममा दुहबी–९ को छाताबेलीमा उनीमाथि गोली प्रहार भएको हो । बिहान ६ बजे घटना भएको प्रहरीको अनुमान छ । जयबाबा इँटा अगाडिको नहरको पुलमा उनीमाथि गोली प्रहार भएको थियो ।

इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक रामनारायण माझीका अनुसार हुसेन जयबाबा इँटा उद्योगका व्यवस्थापक पनि थिए । स्थानीयका अनुसार उनीमाथि २ गोली प्रहार भएको थियो । मृतक फिदा हुसेन सोही वडाका वडाध्यक्ष मेहदी हुसेनका भाइ भएको बताइएको छ ।

घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।