इटहरीः नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
शुक्रबार रातिबाट लागू हुनेगरी निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाइ इन्धनको मूल्यवृद्धि गरेको हो । नयाँ दर अनुसार पेट्रोल र डिजेलको भाउमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि बढेको छ । यो मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार भएको निगमले जनाएको छ । हाल निगमले स्वचालित मूल्य प्रणाली कायम गरेको छ । जसअनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यको उतारचढाव नेपालमा पनि लागु हुन्छ ।
हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँ वृद्धि भएको छ । नयाँ मूल्यसूचीअनुरूप पेट्रल प्रतिलिटर एक सय ३३, डिजेल एक सय १६ र एलपी ग्यास प्रतिसिलिन्डर १५सय रुपैयाँ पुगेको निगमले जनाएको छ ।