इटहरीः आज देशका अधिकांश पहाडी क्षेत्रको मौसम आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहने देखिएको छ ।

पहाडी भूभागका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार बिहान जारी गरेको विज्ञप्ति अनुसार राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । महाशाखाका अनुसार यस्तै प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेको महाशाखाले जनाएको छ । तर पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातकोसमेत सम्भावना रहेकोले उक्त क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ ।