इटहरीः सुनसरीको दुहबीका इँटा व्यवसायीको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले ७ जना व्यक्तिलाई पक्राउ गरेको छ । दुहबी–९ को जयबाबा इँटा उद्योगआसपासबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न भएको आशङ्कामा ती व्यक्ति पक्राउ परेको इलाका प्रहरी कार्यालय दुहबीका प्रमुख प्रहरी निरीक्षक रामनारायण माझीले प्रदेश पोर्टललाई जानकारी दिएका छन् । हत्या गरिएका फिदा खान सोही इँटा उद्योगका व्यवस्थापक थिए ।

प्रहरी निरिक्षक माझीका अनुसार अनुसन्धानको चरणमा रहेकाले पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन । अहिले दुहबी बजार बन्द छ ।