इटहरीः मोहम्मद रमजान अलीद्वारा लिखित “मैले देखेको कतार“ उपराष्ट्रपति भवनको सभाहलमा एक कार्यक्रमबीच उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लोकार्पण भएको छ ।

पुस्तकमा कतारको समृद्धिका कारणहरू केलाउँदा नेपालको समृद्धिका बाटाहरू खोल्ने प्रयत्न भएको छ । लेखक भन्छन्, “नेपालमा सबथोक छ तर केही नभएको जस्तो छ, जलश्रोतमा दोस्रो धनी देश तर यहीँ खानेपानीको हाहाकार छ । कतारमा थोरै छ तर त्यहाँ सबै कुरा पुगेको छ; समृद्ध भएको छ ।“ यसरी लेखकले नेपालको विश्व हेर्ने आँखा खोलिदिएका छन् । नयाँ सम्भावनाहरूको खोजीमा लेखकको कलम सलल बगेको छ । लेखक भन्छन्, “नेपालले कतार बनायो, अब कतारको पालो नेपाल बनाउने ।“

mdk

यही मूल वैचारिक पक्ष रहेको छ पुस्तकको जसले नेपाल–कतार मात्र होइन नेपाल र मध्यपूर्वका राष्ट्रहरूबीचको कुटनीतिक अवस्थालाई नयाँ ढंगले पुनर्विचार गर्न एउटा नौलो सोच दिएको छ । करीब पाँच सय पृष्ठको पुस्तकका तीनवटै खण्ड पठनीय र अझ सोधकर्ताहरूका लागि निकै उपयोगी छ । घोस्ट प्रकाशनले प्रकाशन गरेको पुस्तकमाथि उपराष्ट्रपति पुनले आफ्ना भनाइ राखे । कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष मा. शमीम मियाँ अन्सारी, पूर्व राज्यमन्त्री मोहम्मद जाकिर हुसैन, ओमानकालागि पूर्व राजदूत शर्मिला पराजुली ढकाल, ताज मोहम्मद मियाँ, नजरूल हसन, डा. शमीम अहमद, हाफिज मोहम्मद हनिफलगायतले आफ्ना विचारहरू राखेका थिए ।

mdk5 mdk2 mdk3