भारतको राजधानी नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि सतर्कता अपनाइएको अधिकारीहरूले बताएका छन् ।

भारतका स्वास्थ्य अधिकारीहरूले यहाँ केही समयअघिदेखि जिका भाइरसका किटाणु बढ्दो अवस्थामा देखिएकाले सतर्क रहन आह्वान गरेको हो । उनीहरूका अनुसार शनिबार मात्र उत्तर प्रदेशमा ४३ जनामा यो भाइरस देखिएको थियो । उत्तर प्रदेश राज्यमा पछिल्लो समयमा यो भाइरसको प्रकोप देखिएको बताइएको छ । उत्तर प्रदेश राज्यका सरकारी स्वास्थ्य अधिकारीहरूले गएको दुई सातामा यहाँ ७९ जनामा यो भाइरस देखिएको छ ।

दिल्लीका उपमुख्यमन्त्री मनिस सिसोडियाले नयाँ दिल्लीमा पनि जिका भाइरसको संक्रमण बढ्दो देखिएको र यसका लागि सरकारले निकै सतर्कता अपनाएको बताए । उनले यहाँका सबै सरकारी अस्पतालमा यो भाइरसका संक्रमितको उपचार व्यवस्था गरिएको जानकारी दिए । रासस\सिन्ह्वा