सिक्किम: भारतमा कोभिड–१९ भ्याक्सिन लगाउने मामिलामा सिक्किम राज्य पहिलो शीर्ष स्थानमा रहेको छ ।

देशको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयद्वारा जारी सूचीमा सिक्किमलाई पहिलो स्थानमा राखिएको छ जसले कोभिडको दोहोरो खोप लगाउने मामिलामा पहिलो स्थान प्राप्त गरेको छ । सिक्किममा १८ वर्षदेखि माथिको उमेर वर्गका ९२ प्रतिशत मानिसहरूले कोरोनाको दुवै खोप लगाइसकेको मन्त्रालयको सो सूचीले स्पष्ट पारेको छ । राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेको निर्देशनमा राज्यमा अभियान नै चलाएर सबैभन्दा छिटो खोप लगाउनमा पहिलो हुने प्रयास गरिएको थियो । स्वास्थ्य मन्त्रीलय जारी सूचीमा उल्लेख गरिएअसार सिक्किमले ढद्द प्रतिशत दोहोरो टीकाकरण पूर्ण गरेको छ भने ८० प्रतिशतका साथामा गोवा, ६५ प्रतिशतको साथमा हिमाचल प्रदेश, गुजरात ५५ प्रतिशत, आन्ध्र प्रदेश ५३ प्रतिशत अनि केरला ५३ प्रतिशतका साथमा शीर्ष छ स्थानमा रहेका छन् ।

ski2 ski1

स्मरण रहोस्, गत अप्रेल महिनामा केन्द्र सरकार एवं प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा टीका उत्सवकै रूपमा कोभिड १९ टीकाकरण अभियान निर्देश दिइएपछि सिक्किम राज्यले उत्साहका साथ यस अभियानमा अंश ग्रहण गरेको थियो । प्रधानमन्त्रीको सो निर्देशनलाई पालन गर्दै राज्यमा मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले राज्यको अभेक ठाउँहरूसम्म साथै राज्यका हरेक स्वास्थ्य केन्द्र, उपकेन्द्रहरूसम्म कोभिड १९ विरुद्धको खोप उपलब्ध गराएर सहजताका साथ मानिसहरूले खोप लगाउन पाएको कुरा विदितै छ । सिक्किममा ढद्द प्रतिशत खोप लागाउनु भनेको लगभग शत प्रतिशत नै हो भन्दा फरक पर्दैन । किनभने कतिपय कोरोना संक्रमित व्यक्तिले यो खोप लगाउनबाट छुटेका हुनसक्छन् किनकि संक्रमित बनेको ३ महिनासम्म यो खोप लगाउन बर्जित गरिएको छ । समग्रमा हेर्नु हो भने सिक्किमले देशका राज्यहरूमध्ये सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेको छ । राज्यका जनताप्रति मुख्यमन्त्रीको चिन्ता र उनीहरूको स्वास्थ्य राम्रो होस् भन्ने कामनासाथ उनले कडाइका साथ टीकाकरण अभियानलाई सञ्चालन गरेको कारण नै आज सिक्किम देशका अन्य राज्यहरूको तुलनामा सबैभन्दा पहिलो बन्न पुगेको हो ।

ski4 ski3