नेपाल–भारत साहित्योत्सव हुँदै

  • कार्तिक २३, २०७८
  • १७२ पटक पढिएको
  • रासस
alt

काठमाडौँः कविडाँडा साहित्य समाज, चितवनले आफ्नो स्थापनाको १९ औँ वार्षिकोत्सवका अवसरमा यही कात्तिक २७ र २८ गते चितवनको सौराहामा ‘नेपाल–भारत साहित्योत्सव’ आयोजना गर्ने भएको छ ।

उत्सवका लागि भारत र नेपालबाट गरी करीब १०० आवासीय र ठूलो सङ्ख्यामा गैरआवासीय अतिथिको सहभागिता रहने छ । कार्यक्रमका लागि भारतका मणिपुर, असम, सिक्किम, दार्जिलिङ, डुअर्स, मिरिक, सिलिगुढी र दिल्लीबाट साहित्यकार आउँदैछन् । कार्यक्रममा नेपाल र भारतका अध्येताबाट विभिन्न विषयमा ६ कार्यपत्र प्रस्तुत हुने तथा द्विपक्षीय साहित्यिक सरोकारका दुई विषयमा परिचर्चा तथा सबै सहभागीबाट रचना वाचनका कार्यक्रम हुने समाजका अध्यक्ष एलबी क्षेत्रीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

सो अवसरमा नेपालका वरिष्ठ कवि मुकुन्दशरण उपाध्याय, कथाकार एवं नियात्राकार इल्या भट्टराई तथा भारतीय नेपाली कवि मनप्रसाद सुब्बालाई विशेष सम्मान गरिने एवं साहित्यकार श्रवण मुकारुङलाई कविडाँडा सुवर्ण–तुलसीकाव्य पुरस्कार २०७८ प्रदान गरिने कार्यक्रम छ । यसैगरी आख्यानकार श्याम शाह, गायत्री अधिकारी र शान्ति शर्मा, युवा सर्जक जीवन निर्दोष तथा समालोचक एवं निबन्धकार डिआर शर्मालाई विभिन्न विधामा योगदानका लागि कविडाँडा साहित्य सम्मान तथा देव–खिना पुरस्कारबाट पुरस्कृत गरिँदैछ । यसै अवसरमा समाजले आयोजना गरेको राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८ का विजेतालाई पनि पुरस्कृत गरिने कार्यक्रम छ । -रासस

प्रतिक्रिया दिनुहोस

दैनिक दुई लाखलाई कोरोना खोप लगाउने तयारीमा सरकार

काठमाडौँः नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरूद्धको खोप लगाउने गरी तयारी गरेको छ । ...

नेकपा एसको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम इटहरीमा हुने

इटहरीः नेपाल कम्युनिस्ट पार्टी समाजवादीको प्रदेशस्तरीय अग्रणी कार्यकर्ता प्रशिक्षण कार्यक्रम तथ ...

दुहबीमा दुईसहित प्रदेश १ मा १९ जनामा कोरोना संक्रमण

इटहरीः प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण भएको छ । ३५० जनाको पीसीआर परीक्षण गर् ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved