इटहरीः देशभर चिसो बढिरहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अपिल गरेको छ ।

देशभर अधिकतम र न्यूनतम तापक्रममा गिरावट आइरहेकाले रहेकोले चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको हो । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले उल्लेख गरेको छ । आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ । आज देशको प्रदेश नम्बर १ र प्रदेश नम्बर २ का भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

आज राति पनि प्रदेश नम्बर १ र प्रदेश नम्बर २ लगायत अन्य प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।