झापाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–५ स्थित लभडाँडा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा कमल–५ का २४ वर्षीय डिल्लीराम शाही रहेको प्नहरीले जनाएको छ । बिहीबार अपराह्न भएको दुर्घटनाका घाइते मोटरसाइकल चालक शाहीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र १–०२–०४१ प २००० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शाहीको टाउकामा चोट लागेको र उपचारका क्रममा मृत्यु भएको हो । उक्त दुर्घटनामा पछाडि सवार घाइते सुनसरीको इटहरी उपमहानगरपालिका–२० का २५ वर्षीय रुपम तामाङको भने उपचार भइरहेको प्रहरीले जनाएको छ । -रासस