इटहरीः  फिदा हुसेनको हत्या भएको दास्राे दिन पनि सुनसरीकाे दुहवी बजार सामान्य अवस्थामा फर्कन सकेकाे छैन । 

हुसेकाे हत्यामा संलग्नलाइ २४ घण्टा भित्र पक्राउ गर्न अल्टिमेटम दिएका मृतकका अाफन्त र समर्थकले दुहवी बजार हिजै देखि बन्द गराएका हुन । उनिहरूले शव सडकमा राखेर धर्ना दिएका छन्र भने विराटनगरतर्फ जाने सवारीमा अवराेध पुर्याएका छन् । 

अहिले बजार, उद्योग कल कारखाना तथा कोशी राजमार्ग ठप्प पारिएकाे छ। तनावग्रस्त अवस्थालाइ मध्यनगर गर्दै प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ । कोशी राजमार्गमा पाल टाँगेर धर्ना दिएका हुसेनका आफन्त र समर्थकहरुले ५ बुंदे माग पुरा नभए सम्म राजमार्गबाट शव न उठाउँने जनाएका छन ।

उनिहरुले सुनसरी मोरङ बन्दको समेत आव्हान गरेका छन । फिदा हुसेनको हत्याको बिरोधमा सुनसरीको विभिन्न स्थानमा प्रदर्शन जारी रहेको छ । उनिहरूले प्रशासनले हेलचेक्राइ गरेको भन्दै सुनसरीमा मुस्लिम समुदाय असुरक्षित बनिरहेको गुनासो गरेका छन् ।

duhabi 2nd day pradesh portal 2 1

हिजोदेखि दुहवी बजार, कोशी राजमार्ग, उद्योग कल कारखाना बन्द हुँदा करोडौको क्षती हुँदा समेत माँग पुरा गर्ने वारेमा राज्य पक्ष गम्भिर न भएकोमा आफु चकित रहेको नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्वर ३ का सचिव ओम थापाले जनाएका छन ।

उता सुनसरी प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्र फुयालले सिआईबीको टीमले हिजो साँझ देखि नै अनुसन्धान शुरू गरेको बताए । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले सिआईबीको टोलीले घटनाको सत्यतथ्य पत्ता लगाउन भुमिका खेल्ने बताए ।

बिहानै देखि बन्द रहेकाे सुनसरी सदरमुकाम इनरूवा भने दिउँसाे देखि खुलेकाे छ ।