इटहरीः नेकपा एमालेको १४ औं महाधिवेशनको प्रतिनिधि छनोटको लागि मंगलबार तोकिएको चुनाव सारिएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै जिल्ला निर्वाचन सहयोग समितीका संयोजक शिवराज चौहानले लागि तय मतदानको कार्यक्रम मंसिर ३ मंगलबारको लागि सारिएको जनाएका छन् ।

सोमबार दिउँसो ४ बजेसम्म नाम फिर्ता लिएर अन्तिम उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका थियो । सुनसरीमा रहेका चार क्षेत्रको प्रतिनिधि हुन इच्छुकहरुले नै सहमति गर्ने संकेत देखाएपछि निर्वाचनको मिति सारिएको हो ।

सर्वसम्मत प्रतिनिधि छनौट गर्नको लागि पहल गर्न मतदानको कार्यतालिका परिवर्तन गरिएको एमाले जिल्ला अधिवेशन आयोजक कमिटीका सदस्य रवि खनालले बताए ।

सुनसरीमा कुल ४२ सिटमा १८८ जनाको मनोनयन दर्ता भएको थियो । सर्वसम्मत बनाउने प्रयास भएपनि तोकिएको भन्दा ४ गुणा बढी मनोनयन भएपछि पुनः सर्वसम्मतको छलफलसमेत सुरु भएको छ ।

vigyapti.

खनालका अनुसार सुनसरी क्षेत्र नं २ मा सर्वसम्मत प्रतिनिधि चयन गर्ने भनेर उम्मेदवारी दिएका सबै ४१ जनाले नै नाम फिर्ता लिएका छन् । यक्षेत्र नं ४ मा पनि सहमति गर्ने पहल हुदैछ । क्षेत्र १ र ३ मा सहमतिको प्रयासमा नेताहरु कसरतमा छन् ।

सुनसरीमा ४ वटा प्रतिनिधीसभाको निर्वाचन क्षेत्र रहेका छन् । जसमा २३ हजार १ सय १४ जना संगठित सदस्यहरु रहेका छन् ।

निर्वाचन क्षेत्र नं १ मा खुल्लातर्फ ६ जना प्रतिनिधिमा ३१ जना र महिलातर्फ ३ जनाको कोटामा ७ जनाको उम्मेदवारी परेको छ ।

यस्तै, निर्वाचन क्षेत्र २ मा खुलातर्फ ८ जनाको कोटामा ४२ जना र महिलातर्फ ३ जनाको कोटामा १४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन क्षेत्र ३ मा खुलातर्फ ६ जनाको कोटामा ३२ जना र महिलातर्फ ३ जनाको कोटामा ९ जना उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, क्षेत्र नं ४ मा खुलातर्फ ६ जनाको कोटामा ३१ जना र महिलातर्फ ३ जनाको कोटामा १२ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी, दलित खुलातर्फ ३ जनाको कोटामा ४ जनाको उम्मेदवारी परेको छ भने दलित महिलातर्फ १ जनाको कोटामा ३ जनाको उम्मेदवारी परेको छ ।