इटहरीः दाह्री सेतै फुलेपनि बालसन्तको नामले प्रसिद्ध, चतरा पीठका जगदगुरु मोहन शरण देवाचार्यलाई ‘कायस्थ गोपालप्रसाद सरला प्रतिष्ठान’ले अभिनन्दन गरेको छ । प्रतिष्ठानले वर्सेनी वर्षिकोत्सवमा प्रदान गर्दै आएको ‘सुब्बा रत्नप्रसाद पत्रकारिता पुरस्कार’ प्रदान गर्न आयोजित समारोहमा बालसन्तलाई सम्मान र पत्रकार गोपल देवानलाई ४१ हजार रुपैयाँ नगद राशीको पुरस्कारका साथै सम्मानपत्र प्रदान गरिएको हो ।

धरान बजार बसाउने सबा सय वर्षको इतिहास रहेको सुब्बा रत्नप्रसादको परिवारले सामाजिक सेवाका लागि प्रतिष्ठान स्थापना गरेर त्यो इतिहासमा नयाँ अध्याय थप्ने काम गरेको भन्दै बालसन्त एवं पत्रकार देवानले यस्का संरक्षक सरला कायस्थ तथा अध्यक्ष मुकुल कायस्थको प्रशंसा गरे । प्रदेश सभामुख प्रदीप भण्डारीबाट अभिनन्दन एवं पुरस्कारसहित सम्मान प्रदान गरिएको थियो ।

बालसन्त महोन शरणले आफू चतरामा बसेपनि धरानको धार्मिकस्थलहरुको प्रचार गरिरहेको उल्लेख गर्दै भने ‘महाकुम्भमा आउने देश विदेशका तिर्थालुहरुलाई धरानमा रहेको अमृतपिण्डस्थल पिण्डेश्वरधाम अनिवार्य पुग्न सन्देश दिँदै आएको छु ।’ पिण्डेश्वरधाम यसअघि ओझलमा परेको तर पछिल्लो समय भारतीय तिर्थालुहरुको संख्या बढ्नुमा चतराधामको भूमिका रहेको उनले बताए ।

sm2

सभामुख भण्डारीले बालसन्तबाट चतरा कोसी किनार प्राचिन हरिव्दार भएको घोषणा गरी महाकुम्भ मेलाको आयोजना हुन थालेपछि देशभर र विदेशबाट समेत तिर्थालुहरु बढेको त्यसबाट धरानको धार्मिकस्थलहरुो प्रचार बढेर श्रद्धालुको संख्यो बढ्दे गएको बताए । उनले भने ‘नेपालको धार्मिकस्थलहरुको प्रवद्र्धनमा बालसन्त ज्युको योगदान अतुलनीय रहेको छ ।’

पुरस्कृत पत्रकार गोपाल देवानले प्रतिष्ठानले पुरस्कृत गरेर आफुलाई पत्रकारिताको नयाँ काम गर्ने हौसला प्रदान गरेको बताउँदै भने, ‘मेरो तीन दशकको पत्रकारीताको यात्रालाई उच्च मूल्याङ्कन गरिएकोमा म गौरवान्वित छु ।’ २०४२ सालदेखि पत्रकारिता गर्दै आएका देवान धरानबाट प्रकाशित ब्लाष्ट दैनिकको सँस्थापक सम्पादक रहेको सम्मानपत्रमा उल्लेख छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्काले प्रतिष्ठानव्दारा प्रदान गरिँदै आएको पत्रकारिता पुरस्कार पूर्वमा प्रतिष्ठित सम्मान भएको बताउँदै भने ‘सय वर्षअघिदेखि सामाजिक कार्यमा कृयाशील रहेको परिवारबाट स्थापना गरिएको पुरस्कार भएकाले पनि छुट्टै महत्व र गौरवको विषय बन्नु अस्वभाविक होइन ।’ यसमा समाजसेवामा इतिहास बनाएकी सरला कायस्थ तथा मुकुल कायस्थको भूमिका प्रशंसनीय भएको उनले बताए ।