इटहरीः २ दिनदेखि तनावग्रस्त बनेको दुहबी बजार सामान्य बन्दै गएको छ । प्रशासन र मृतक पक्षबीच ४ बुँदे सहमति भएपछि बजार साम्य हुँदै गएको इलाका प्रहरी कार्यालय दुहबीका प्रमुख प्रहरी निरीक्षक रामनारायण माझीले प्रदेश पोर्टललाई जानकारी दिएका छन् ।

वार्ताको समयमा सँगै रहेका दुहबीका पत्रकार प्रेम गिरीका अनुसार मृतक हुसेनको शव राखेर आन्दोलन गरिरहेका आफन्त र समर्थककै बीचमा पुगेर सांसद सीताराम मेहेता, सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती र सङ्घर्षरत पक्षबाट दुहबी नगरपालिकाका मेयर वेद गच्छदारबीच सहमति भएको छ ।

सहमतिपछि अहिले दुहबी बजार शान्त बन्दै गइरहेको छ भने सडकको अवरोध प्रहरीले हटाउन थालेको छ ।

हिजो बिहान साढे ६ बजे अज्ञात समूहले दुहबी–९ का ५२ वर्षीय फिदा हुसेनमाथि गोली हानी हत्या गरेको थियो । त्यसपछि दुहबी बजार आन्दोलनमय बनेको थियो ।

940x380-सुनसरी_घटना_सम्बन्धमा_प्रेस_विज्ञप्ति