इटहरीः धनकुटा नगरपालिका एभोकाडो कृषक समूहको आयोजनामा धनकुटामा एभोकाडो महोत्सव सुरु भएको छ ।

नगरपालिकाका पर्यटन विभाग प्रमुख विकास अधिकारीका अनुसार एभोकाडोलाई स्थानीय कृषकको जीवनस्तर उकास्ने नगदे बालीका रुपमा प्रवद्र्धन गर्न महोत्सव सुरु भएको हो । धनकुटा नगरपालिका सहआयोजक भएको महोत्सवमा ३५ वटा स्टल निर्माण गरिएको आयोजक धनकुटा नगरपालिका एभोकाडो कृषक समूहका खेम थापाले जानकारी दिए । धनकुटा जिल्लाका संघीय सांसद राजेन्द्रकुमार राईले महोत्सवको उद्घाटन गरेका छन् । एभोकाडोको बिरुवामा पानी हालेर सांसद राईले महोत्सवको उद्घाटन गरेका हुन् । महोत्सवमा एक हजारभन्दा बढी कृषकको सहभागिता रहेको आयोजक समूहका थापा बताउँछन् ।

av23

कार्यतालिकाअनुसार आज बिहान १० बजे विभिन्न झाँकीसहित धनकुटा नगरपालिकाको एभोकाडो चोकबाट महोत्सवको शुभारम्भ भएको हो । कार्यक्रम सुरु भएको महोत्सवको १२ः३० बजे औपचारिक उद्घाटन गरिएको नगरपालिकाका विकास अधिकारीले बताए । महोत्सवको आकर्षण साङ्गीतिक कार्यक्रमका साथमा विभिन्न झाँकी र विभिन्न प्रजातिको एभोकाडोको प्रदर्शनी र बिक्री नै भएको आयोजकको भनाइ छ । पहिलो दिन विभिन्न साँस्कृतिक कार्यक्रम र प्रदर्शनी रहने र दोस्रो दिन कृषक र सरोकारवाला पक्षबीच अन्तरकृया कार्यक्रम, प्रदर्शनी र समापन कार्यक्रम रहने बताइएको छ ।

av8 av16 av19 av22 av12 av17 av13 av18 av25 av7 av20 av24 av4 av15 av26 av9 av10 av21 av6 av23 av27 av11 av5 av14