इटहरीमा खुल्दैछ सेन्ट्रल मार्ट, उद्घाटनको अवसरमा अफरैअफर

  • मंसिर ७, २०७८
  • ५३२६ पटक पढिएको
  • प्रकाश बन्जारा
alt

इटहरी: पूर्वकै सुन्दर शहर सुनसरीको इटहरीमा सेन्ट्रल मार्ट नामक ग्रोसरी स्टोर खुलेको छ । इटहरीको केन्द्रविन्दु अर्थात चौकमै रहेको १० तले बिल्डिङ्ग सेन्ट्रल प्लाजाको पहिलो तलामा सेन्ट्रल मार्ट खुलेको हो ।

सेन्ट्रल प्लाजाकै लगानीमा खुलेको यो मार्टको औपचारिक उदघाटन भने यही मङ्सिर १३ गते गरिने प्लाजाका कार्यकारी निर्देशक सिद्धार्थ श्रेष्ठले बताए । सेन्ट्रल प्लाजा मलको स्थापना भएसँग मलभित्र एउटा डिपार्टमेन्ट स्टोर खोल्ने भन्ने योजना भएता पनि अहिले मात्र सो सम्भव भएको श्रेष्ठको भनाइ छ । सिनेफ्लाक्स नामका २ वटा सिनेमा हलका साथमा सेमिनार हल र रेष्टुरेन्ट सहितको होटल बरण्डा, इलेक्ट्रोनिक्सका सामान, कपडा तथा कष्टमेटिक्स, मिठाइ पसल र कफी सपसमेत भएको प्लाजामा एउटा डिपार्टमेन्ट स्टोर पनि चाहिन्छ भन्ने ग्राहकको मागसमेत आएकोले त्यसलाई मूर्त रुप दिन सेन्ट्रल मार्टको आवश्यकता महशुस भएको निर्देशक श्रेष्ठको भनाइ छ । “मलभित्र आउने ग्राहकलाई सम्पूर्ण सेवा एकै ठाउँमा दिऔँ भन्ने हाम्रो स्थापनाकालदेखिको लक्ष्य भएता पनि साउनबाट यसको तयारीमा लाग्यौँ र अहिले सेन्ट्रल मार्ट तयार भएको छ ।” श्रेष्ठले अघि भने । मार्टमा खाद्यान्न, ग्रोसरी आइटम, लिकर (मदिरा) का साथै सफ्ट डिं«क्स र जुसहरु सुपथ मूल्यमा उपलब्ध हुने मार्टले बताएको छ । 

cm2

इटहरीकै सुविधासम्पन्न १० तले मलभित्र खुलेको मार्टमा ५ हजारभन्दा बढी सामानका भेराइटीहरु उपलब्ध हुने बताइएको छ । मार्टको लागि सेन्टल प्लाजाले ४ हजार स्क्वायर फिटको ठाउँ छुट्याएको छ । ग्राहको मागअनुसार सुपथ मूल्यैमै सामानहरु उपलव्ध गराउने मार्टको व्यवस्थापन पक्षले बताएको छ । राम्रो लोकेसनमा सम्पूर्ण सुविधासहित खुलेको सेन्टल मार्टमा इटहरीकै अन्य डिपार्टमेन्ट स्टोरको भन्दा सस्तो मूल्यमै सामान पाइने निर्देशक श्रेष्ठको भनाइ छ । अन्तशुल्कमा दर्ता गरेर अल्कोहलसमेत सेन्ट्रल मार्टले बिक्री गर्दैछ । लिकर्स (मदिरा) सहित सम्पूर्ण जुस आइटम, पानी र कोल्ड ड्रिंक्समा ५ प्रतिशत छुट दिएको मार्टले बताएको छ । उद्घाटनको अवसरमा सेन्ट्रल मार्टले ५ प्रतिशतदेखि २० प्रतिशत सम्मको छुट दिएको छ । त्यसबाहेक मार्टले कम्तिमा एक हजार रुपैयाँको खरिद गर्ने ग्राहकलाई एक किलो नुन निःशुल्क दिने गरेको छ । साथै एक हजार पाँच सय सम्मको खरिद गर्ने ग्राहकलाई ७ सय ग्रामको फेना सर्फ निःशुल्क, २ हजार रुपैयाँ सम्मको खरिद गर्ने ग्राहकलाई १ किलो चिनी निःशुल्क र २ हजार ५ सय सम्मको खरिद गर्ने ग्राहकलाई आधा लिटर रिफाइन तेल निःशुलक दिने छुट योजना मार्टले सार्वजनिक गरेको छ ।

cm3

सेन्ट्रल मार्टले वार्षिक लक्कि ड्रअन्तर्गत एक जनालाई यामाहाको १२५ सीसी फ्यासिनो स्कुटर, दोस्रोमा वासिङ मेसिन र तेस्रोमा रेफ्रिजेरेटरसमेत दिने घोषणा गरेको छ । मार्टको अघिल्लो भागमा रिफ्रेसिङ सेन्टरको रुपमा बेकरी आइटम, आइसक्रिम लगायतका उपभोग्य सामग्री सहितको पसलसमेत राखिने बताइएको छ । होटल, सिनेमा हल, सलुनदेखि लिएर कस्मेटिक पसलको साथमा डिपार्टमेन्ट स्टोर पनि भएकाले आफूहरुले ग्राहकको मन जित्न सक्ने सेन्ट्रल प्लाजाको बुझाइ छ । प्लाजाले पछिल्लो समयमा सेन्टल मार्टकै लागि २५ जनालाई रोजगारी दिएको छ । सेन्ट्रल प्लाजाले ग्राहकको मागअनुसार नयाँनयाँ सुविधाहरु थप गर्दै जाने निर्देशक श्रेष्ठको भनाइ छ । “एउटै छानाभित्र सम्पूर्ण सुविधा सहितको गुणस्तरीय सामानहरु पाइन्छ । हामी सकेसम्म धेरैभन्दा धेरै ग्राहकलाई सेवा दिन चाहन्छौँ ।” श्रेष्ठले भने । मार्टले निकट भविष्यमा अर्को तलामा इलेक्ट्रोनिक्स, कस्मेटिक र गिफ्टका सामानहरुसमेत उपलब्ध गराउने योजना लिएको छ ।

cm9 cm14 cm5 cm4 cm7 cm6 cm12 cm13 cm11 cm15 cm10 cm8

 

 

 

प्रतिक्रिया दिनुहोस

दैनिक दुई लाखलाई कोरोना खोप लगाउने तयारीमा सरकार

काठमाडौँः नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरूद्धको खोप लगाउने गरी तयारी गरेको छ । ...

नेकपा एसको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम इटहरीमा हुने

इटहरीः नेपाल कम्युनिस्ट पार्टी समाजवादीको प्रदेशस्तरीय अग्रणी कार्यकर्ता प्रशिक्षण कार्यक्रम तथ ...

दुहबीमा दुईसहित प्रदेश १ मा १९ जनामा कोरोना संक्रमण

इटहरीः प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण भएको छ । ३५० जनाको पीसीआर परीक्षण गर् ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved