इटहरीः झापाको दमक नगरपालिका ५ का टेकबहादुर कार्कीको घरमा तास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घरधनी ४६ वर्षीय टेकबहादुर कार्की, सोही स्थानका ५१ वर्षीय कुशराज खत्री, ५४ वर्षीय सुरेश भण्डारी, ३८ वर्षीय नारायण कडरिया, ४१ वर्षीय सुर्य न्यौपाने, ४८ वर्षीय खगेन्द्र भुजेल, ४० वर्षीय खगेन्द्र राजवंशी, सोही स्थान ८ का २९ वर्षीय प्रदीप थापा र कमल गाउँपालिका ५ का ३० वर्षीय सुरेश सुब्बा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयका प्र्वक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो अपराहन्न ३ः३० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई तीन बुङ तास र नगद २९ हजार सात सय ४५ रुपैयाँसहित पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तहरुउपर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

260437371_261842199309619_2099181319425861281_n