इटहरीः प्रदेश १ सामाजिक विकास मन्त्रालयको आयोजनामा आज (बिहीबार) देखि लैंगिक हिंसा विरुद्धको १६ दिने साझा अभियान सुरु हुँदैछ ।

 सामाजिक विकास मन्त्री जयराम यादवको अध्यक्षतामा बसेको बैठकले ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ मंसिर ९ गतेदेखि मंसिर २४ गतेसम्म साझा अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । मन्त्री यादवको अध्यक्षतामा गठित मूल समारोह समितिले बिहीबार विहान ७ वजे विराटनगर देवकोटा चौकबाट अभियानको सुरुवात गर्ने सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताइन् ।

उनका अनुसार बिहान ७ वजे देवकोटा चौकबाट सुरु हुने ¥यालीले बजार परिक्रमा गरि पुनः देवकोटा चौकमा आएर समापन हुनेछ । अभियानअन्र्तगत मंसिर ९ गते साँझ ५ बजे ट्राफिक चौकमा दीपप्रज्वलन गरिने कार्यक्रम तय गरिएको महाशाखा प्रमुख बरालले बताइन् । उनका अनुसार १६ दिनभरि नै जनचेतनामुलक विविध कार्यक्रम सञ्चालन हुनेछ । साझा अभियानमा सरकारी निकायहरुका साथै मानव अधिकार सञ्जाल, अन्तरपार्टी महिला सञ्जाल, नेपाल बार एसोसिएसन, विराटनगरका सामुदायिक विद्यालय, ओसीएमसी कोशी अस्पताल, गैसस महासंघ, माइती नेपाल लगायतका संस्थाहरुको सहभागिता रहेको छ ।