लैंगिक हिंसा विरुद्धको अभियान गाउँ–गाउँमा पु¥याउनु पर्नेमा सामाजिक विकास मन्त्री यादवको जोड

  • मंसिर ९, २०७८
  • १११ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले लैंगिक हिंसा विरुद्धको अभियान गाउँ–गाउँमा पु¥याउनु पर्नेमा जोड दिएका छन् । उनले अभियानलाई गाउँ–गाउँमा पु¥याउन सके लैंगिक हिंसा अन्त्य गर्न सकिने बताए ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा आज विहान विराटनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने साझा अभियानको शुभारम्भ गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् । सरकारले मात्रै अभियान सञ्चालन गर्दैमा लैंगिक हिंसा अन्त्य गर्न कठिनाई हुने भएकाले आ–आफ्नो तहमा सवै निकायले अभियान सञ्चालन गर्नुपर्नेमा उनको जोड छ । निरन्तरको अभियानले लैंगिक हिंसा सँधैका लागि अन्त्य गर्न सकिने मन्त्री यादवले बताए । ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्न नाराका साथ अभियान सुरुवात गर्दे बिहान विराटनगरमा प्रभातफेरि निकालिएको छ । प्रभातफेरिमा सामाजिक विकास मन्त्री यादव, राज्यमन्त्री विष्णु तुम्बाहाम्फे, विभिन्न सामाजिक संघ संस्थाका लगायतकाको प्रभातफेरिमा सहभागिता रहेको थियो । 

photo 4

देवकोटा चौकबाट शुरु ¥यालीले बजार परिक्रमा गरि पुन ः देवकोटा चौकमा आएर समापन भएको थियो । अभियान अन्र्तगत आज साँझ ५ वजे ट्राफिक चौकमा दीपप्रज्वलन गरिने कार्यक्रम तय गरिएको सामाकिज विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताइन् । उनका अनुसार १६ दिन भरि नै जनचेतनामुलक विविध कार्यक्रम सञ्चालन हुने छ ।  साझा अभियानमा सरकारी निकायहरुका साथै मानव अधिकार सञ्जाल, अन्तरपार्टी महिला सञ्जाल, नेपाल बार एशोसिएसन, विराटनगरका सामुदायिक विद्यालय, ओसीएमसी कोशी अस्पताल, गैसस महासंघ, माइती नेपाल लगायतका संस्थाहरुको सहभागिता रहेको छ ।

photo 3 photo 2

प्रतिक्रिया दिनुहोस

दैनिक दुई लाखलाई कोरोना खोप लगाउने तयारीमा सरकार

काठमाडौँः नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरूद्धको खोप लगाउने गरी तयारी गरेको छ । ...

नेकपा एसको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम इटहरीमा हुने

इटहरीः नेपाल कम्युनिस्ट पार्टी समाजवादीको प्रदेशस्तरीय अग्रणी कार्यकर्ता प्रशिक्षण कार्यक्रम तथ ...

दुहबीमा दुईसहित प्रदेश १ मा १९ जनामा कोरोना संक्रमण

इटहरीः प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण भएको छ । ३५० जनाको पीसीआर परीक्षण गर् ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved