इटहरीः पूर्वकै सुन्दर शहर सुनसरीको इटहरीमा स्टोर खुलेको सेन्ट्रल मार्ट नामक ग्रोसरीको भोलि उद्घाटन हुने भएको छ । इटहरीको केन्द्रविन्दु अर्थात चौकमै रहेको १० तले बिल्डिङ्ग सेन्ट्रल प्लाजाको पहिलो तलामा खुलेको मार्टको उद्घाटन हुन लागेको हो ।

सेन्ट्रल प्लाजा मलको स्थापना भएसँग मलभित्र एउटा डिपार्टमेन्ट स्टोर खोल्ने भन्ने योजना भएता पनि अहिले मात्र सो सम्भव भएको प्लाजाका कार्यकारी निर्देशक सिद्धार्थ श्रेष्ठले बताए । सिनेफ्लाक्स नामका २ वटा सिनेमा हलका साथमा सेमिनार हल र रेष्टुरेन्ट सहितको होटल बरण्डा, इलेक्ट्रोनिक्सका सामान, कपडा तथा कष्टमेटिक्स, मिठाइ पसल र कफी सपसमेत भएको प्लाजामा एउटा डिपार्टमेन्ट स्टोर पनि चाहिन्छ भन्ने ग्राहकको मागसमेत आएकोले त्यसलाई मूर्त रुप दिन सेन्ट्रल मार्टको आवश्यकता महसुस भएको निर्देशक श्रेष्ठको भनाइ छ । “मलभित्र आउने ग्राहकलाई सम्पूर्ण सेवा एकै ठाउँमा दिऔँ भन्ने हाम्रो स्थापनाकालदेखिको लक्ष्य भएता पनि साउनबाट यसको तयारीमा लाग्यौँ र अहिले सेन्ट्रल मार्ट तयार भएको छ ।” श्रेष्ठले अघि भने । मार्टमा खाद्यान्न, ग्रोसरी आइटम, लिकर (मदिरा) का साथै सफ्ट डिं«क्स र जुसहरु सुपथ मूल्यमा उपलब्ध हुने मार्टले बताएको छ ।

cm2

इटहरीकै सुविधासम्पन्न १० तले मलभित्र खुलेको मार्टमा ५ हजारभन्दा बढी सामानका भेराइटीहरु उपलब्ध हुने बताइएको छ । मार्टको लागि सेन्टल प्लाजाले ४ हजार स्क्वायर फिटको ठाउँ छुट्याएको छ । ग्राहको मागअनुसार सुपथ मूल्यैमै सामानहरु उपलव्ध गराउने मार्टको व्यवस्थापन पक्षले बताएको छ । राम्रो लोकेसनमा सम्पूर्ण सुविधासहित खुलेको सेन्टल मार्टमा इटहरीकै अन्य डिपार्टमेन्ट स्टोरको भन्दा सस्तो मूल्यमै सामान पाइने निर्देशक श्रेष्ठको भनाइ छ । अन्तशुल्कमा दर्ता गरेर अल्कोहलसमेत सेन्ट्रल मार्टले बिक्री गर्दैछ । लिकर्स (मदिरा) सहित सम्पूर्ण जुस आइटम, पानी र कोल्ड ड्रिंक्समा ५ प्रतिशत छुट दिएको मार्टले बताएको छ । उद्घाटनको अवसरमा सेन्ट्रल मार्टले ५ प्रतिशतदेखि २० प्रतिशत सम्मको छुट दिएको छ । त्यसबाहेक मार्टले कम्तिमा एक हजार रुपैयाँको खरिद गर्ने ग्राहकलाई एक किलो नुन निःशुल्क दिने गरेको छ । साथै एक हजार पाँच सय सम्मको खरिद गर्ने ग्राहकलाई ७ सय ग्रामको फेना सर्फ निःशुल्क, २ हजार रुपैयाँ सम्मको खरिद गर्ने ग्राहकलाई १ किलो चिनी निःशुल्क र २ हजार ५ सय सम्मको खरिद गर्ने ग्राहकलाई आधा लिटर रिफाइन तेल निःशुल्क दिने छुट योजना मार्टले सार्वजनिक गरेको छ ।

cm3

सेन्ट्रल मार्टले वार्षिक लक्कि ड्रअन्तर्गत एक जनालाई यामाहाको १२५ सीसी फ्यासिनो स्कुटर, दोस्रोमा वासिङ मेसिन र तेस्रोमा रेफ्रिजेरेटरसमेत दिने घोषणा गरेको छ । मार्टको अघिल्लो भागमा रिफ्रेसिङ सेन्टरको रुपमा बेकरी आइटम, आइसक्रिम लगायतका उपभोग्य सामग्री सहितको पसलसमेत राखिने बताइएको छ । होटल, सिनेमा हल, सलुनदेखि लिएर कस्मेटिक पसलको साथमा डिपार्टमेन्ट स्टोर पनि भएकाले आफूहरुले ग्राहकको मन जित्न सक्ने सेन्ट्रल प्लाजाको बुझाइ छ । प्लाजाले पछिल्लो समयमा सेन्टल मार्टकै लागि २५ जनालाई रोजगारी दिएको छ । सेन्ट्रल प्लाजाले ग्राहकको मागअनुसार नयाँनयाँ सुविधाहरु थप गर्दै जाने निर्देशक श्रेष्ठको भनाइ छ । “एउटै छानाभित्र सम्पूर्ण सुविधा सहितको गुणस्तरीय सामानहरु पाइन्छ । हामी सकेसम्म धेरैभन्दा धेरै ग्राहकलाई सेवा दिन चाहन्छौँ ।” श्रेष्ठले भने । मार्टले निकट भविष्यमा अर्को तलामा इलेक्ट्रोनिक्स, कस्मेटिक र गिफ्टका सामानहरुसमेत उपलब्ध गराउने योजना लिएको छ ।

cm9 cm14 cm5 cm4 cm7 cm6

 

ct mart add.