इटहरीः पूर्वकै सुन्दर शहर सुनसरीको इटहरीमा सेन्ट्रल मार्ट नामक ग्रोसरी स्टोरको आज सोमबारबाट औपचारिक उद्घाटन भएको छ ।

 इटहरीको केन्द्रविन्दु अर्थात् चौकमै रहेको १० तले बिल्डिङ्ग सेन्ट्रल प्लाजाको पहिलो तलामा खुलेको मार्टको उद्घाटन सेन्ट्रल प्लाजा इटहरीका अध्यक्ष राजेश श्रेष्ठ र उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले गरेका छन् । सिनेफ्लाक्स नामका २ वटा सिनेमा हलका साथमा सेमिनार हल र रेस्टुरेन्ट सहितको होटल बरण्डा, इलेक्ट्रोनिक्सका सामान, कपडा तथा कष्टमेटिक्स, मिठाइ पसल र कफी सपसमेत भएको प्लाजामा एउटा डिपार्टमेन्ट स्टोर पनि चाहिन्छ भन्ने ग्राहकको मागसमेत आएकोले त्यसलाई मूर्त रुप दिन सेन्ट्रल मार्टको आवश्यकता महसुस भएको मार्टका अध्यक्ष श्रेष्ठले बताएका छन् ।

262038562_129019246209817_4216291255021167719_n

मार्टमा खाद्यान्न, ग्रोसरी आइटम, लिकर (मदिरा) का साथै सफ्ट डिं«क्स आइटमहरु सुपथ मूल्यमा उपलब्ध हुने मार्टले बताएको छ । मार्टमा ५ हजारभन्दा बढी सामानका भेराइटीहरु उपलब्ध हुने बताइएको छ भने उद्घाटनको अवसरमा ग्राहकलाई ५ देखि २० प्रतिशतसम्म छुट दिइने मार्टका प्रबन्धक हेमन्त दङ्गालले बताए । मार्टको लागि सेन्ट्रल प्लाजाले ४ हजार स्क्वायर फिटको ठाउँ छुट्याएको छ । ग्राहको माग अनुसार सुपथ मूल्यैमै सामानहरु उपलब्ध गराउने मार्टको व्यवस्थापन पक्षले बताएको छ । राम्रो लोकेसनमा सम्पूर्ण सुविधासहित खुलेको सेन्ट्रल मार्टमा इटहरीकै अन्य डिपार्टमेन्ट स्टोरको भन्दा सस्तो मूल्यमै सामान पाइने दाबी मार्टले गरेको छ ।

cm2 cm3

त्यसबाहेक मार्टले कम्तिमा एक हजार रुपैयाँको खरिद गर्ने ग्राहकलाई एक किलो नुन निःशुल्क दिने गरेको छ । साथै एक हजार पाँच सय सम्मको खरिद गर्ने ग्राहकलाई ७ सय ग्रामको फेना सर्फ निःशुल्क, २ हजार रुपैयाँ सम्मको खरिद गर्ने ग्राहकलाई १ किलो चिनी निःशुल्क र २ हजार ५ सय सम्मको खरिद गर्ने ग्राहकलाई आधा लिटर रिफाइन तेल निःशुल्क दिने छुट योजना मार्टले सार्वजनिक गरेको छ । सेन्ट्रल मार्टले वार्षिक लक्की ड्रअन्तर्गत एक जनालाई यामाहाको १२५ सीसी फ्यासिनो स्कुटर, दोस्रोमा वासिङ मेसिन र तेस्रोमा रेफ्रिजेरेटरसमेत दिने घोषणा गरेको छ ।

मार्टको अघिल्लो भागमा रिफ्रेसिङ सेन्टरको रुपमा बेकरी आइटम, आइसक्रिम लगायतका उपभोग्य सामग्री सहितको पसलसमेत राखिने बताइएको छ । एउटै छानाभित्र सम्पूर्ण सुविधा सहितको गुणस्तरीय सामानहरु पाउने र लोकेसनको हिसाबले उत्कृष्ट ठाउँमा मार्ट रहेकाले गुणस्तरीय सेवामा कमी नआउने बताइएको छ । मार्टले निकट भविष्यमा अर्को तलामा इलेक्ट्रोनिक्स, कस्मेटिक र गिफ्टका सामानहरुसमेत उपलब्ध गराउने लक्ष्य लिएको छ ।

cm9 cm14 cm5 cm4 cm7 cm6 cm12 cm13 cm11 cm15 cm10 cm8

ct mart add.