इटहरीः संयुक्त अरब इमिरेट्स (युएई) मा अन्तर्राष्ट्रिय नेपाली समाज इन्सको युएई राष्ट्रिय कार्यसमिति गठन भएको छ ।

युएईबाट रामप्रसाद ढुङ्गेलले दिएको जानकारीअनुसार विश्वभर छरिएर रहेका नेपालीहरुलाई गोलबद्ध गर्दै नेपाल र नेपालीको हितमा काम गर्ने उद्देश्यका साथ स्थापना भएको “अन्तर्राष्ट्रिय नेपाली समाज” (इन्स) को “युएई राष्ट्रिय कार्यसमिति” गठन भएको हो । जुममार्फत् गत शनिबार साँझ सम्पन्न एक भर्चुअल कार्यक्रमका बीच मेघराज धमलाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति गठन गरिएको छ । नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा दीपक घिमिरे, उपाध्यक्ष अविन दाहाल, महासचिव भवानी नेपाल, सचिव दिनेश भट्ट, कोषाध्यक्ष मोहन पन्थी र सह–कोषाध्यक्षमा कल्पना धमला चयन भएका छन् ।

त्यसैगरी, कार्यसमिति सदस्यहरुमा विकास वि.क., भुपेन्द्र आचार्य, अटल उपेन्द्र, मोहन सेङ्दान, राजु खतिवडा, उपेन्द्र कुँवर र गुन्ज मगर रहेका छन् । आगामी दिनमा यस कार्यसमितिलाई थप विस्तार गर्दै लगिने पनि नवनिर्वाचित अध्यक्ष धमलाले बताएका छन् । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष धमलाले आफूमा ठूलो जिम्मेवारी आएको महसुस गरेको र नवगठित समाजलाई युएईमा रहेका नेपालीहरुको हितमा लगाउने प्रतिबद्धता जाहेर गरेका छन् ।

ct mart add.