मुगलान पस्ने कसैलाई रहर हुँदैन,
तर के गर्नु यहाँ देश हाँक्ने नेता ज्युहरुको कुनै भर हुँदैन,
योग्यता अनुसारको जागिर पाउने यहाँ कुनै शहर हुँदैन ।
मुगलान पस्ने कसैलाई रहर हुँदैन,
विदेशी भूमिमा खुसीको कतै प्रहर हुँदैन,
मातृभूमि सम्झी नरोएको कुनै मिर्मिरे बिहानी हुँदैन ।
मुगलान पस्ने कसैलाई रहर हुँदैन,
आफ्नै देशको दुःखमा मलम लगाउने कसलाई रहर हुँदैन,
हरेक चाडबाडमा ्परिवारसँगै रमाउने कुन परदेशीको सपना हुँदैन ?
मुगलान पस्ने कसैलाई रहर हुँदैन,
वृद्धावस्थामा अफÞ्ना सन्तानको सहारा नपइएला कि भन्ने कुन आमा बालाई डर हुँदैन,
तिनै वृद्ध बा आमाको अन्तिम शब्द र स्वास भेटिने हो कि होइन कुनै भर हुँदैन,
मुगलान पस्ने कसैलाई रहर हुँदैन,
योग, ध्यान, कला, सँस्कृतिको उद्गमस्थल, सभ्यता र स्वाभिमानको केन्द्र,
नेपाल आमालाई संसारभरि चिनाउने कुन नेपालीको प्रण हुँदैन, कुन नेपालीको प्रण हुँदैन ? 
मुगलान पस्ने कसैलाई रहर हुँदैन ।

मेल्बर्न, अस्ट्रेलिया