इटहरीः आज देशभरको मौसममा आंशिक बदली रहनेछ ।

अरब सागरमा रहेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको आंशिक प्रभावका कारण आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही उच्च पहाडी क्षेत्रमा हिमपातका साथै केही भागमा हल्का वर्षासमेत हुनसक्ने महाशाखाको भनाइ छ ।

बाग्मती, कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

आज रातिको मौसममा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ । कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू–भागको केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ ।