इटहरीः कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिए ।

गते भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालित परीक्षाको परिणाम आज प्रकाशित भएको हो । यस वर्ष देशभरका कुल ३ लाख ७५ हजार परीक्षार्थीहरुले कक्षा १२ को परीक्षा दिएका थिए । कोरोना संक्रमणका कारण गत भदौंमा सहभागी हुन नसकेका ४१ परीक्षर्थीहरुको परीक्षा मङ्सिर १५ गतेदेखि सुरु भएको छ । उनीहरूको परीक्षाफल १० दिनभित्र प्रकाशित हुने बोर्डले जनाएको छ ।