इटहरीः सुनसरीको कोसी गाँउपालिका ८ भाण्टाबरी स्थितमा बस दुर्घटनामा बसका सह–चालकको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बसका सहचालक सिरहाको धनगढी नगरपलिका ८ का २६ वर्षीय जीवस यादव रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार हिजो दिउँसो साढे १ बजे को १ ख ४९८८ नम्बरको बसले ओभरटेक गर्दा को १ ख ६३७५ नम्बरको ट्रकलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका यादवको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा दिउँसो २ बजे मृत्यु भएको हो । बस चालक सिरहा लाहान नगरपालिका ८ का अमित गुप्ता र ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।