इटहरीः झापाको दमक नगरपालिका १० की ४९ वर्षीया घनादेवी आचार्यलाई आफ्नै श्रीमान ४५ वर्षीय रामकुमार लिम्बूले कुटपिट गर्दा मृत्यु भएको छ ।

मङ्सिर १६ गते श्रीमानले कुटपिट गर्दा घाइते भएकी घनादेवीलाई विराटनगरको नोबेल अस्पतामा उपचारको लागि पु¥याइएकोमा केही समयको उपचारपछि डाक्टरको सल्लाहअनुसार उपचार हुन नसकी घर फर्किने क्रममा शुक्रबार राति ७ बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनरज राईका अनुसार कुटपिटमा संलग्न लिम्बूलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।