कोभिड ओमिक्रोनः धनी राष्ट्रहरूले खोप भण्डारण गर्न सक्ने विश्व स्वास्थ्य सङ्गठनको चिन्ता

  • मंसिर २४, २०७८
  • १८३ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

ओमिक्रोन भाइरस तीव्र गतिमा फैलिएसँगै धनी राष्ट्रहरूले कोभिडविरुद्धको खोप भण्डारण सुरु गर्न सक्ने भन्दै विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ ।

यसले अझै धेरै मानिसहरूले खोप प्राप्त गर्न नसकेका राष्ट्रहरूमा खोप आपूर्ति प्रभावित पार्न सक्ने उसले जनाएको छ । ओमिक्रोन भाइरसबाट जोगिनका लागि कतिपय धनी राष्ट्रहरूले बूस्टर मात्रा सार्वजनिक गर्ने तयारी तीव्र पारेका छन् । हालसम्म उपलब्ध कोभिडविरुद्धका खोपहरू नयाँ भेरिअन्टविरुद्ध कम प्रभावकारी रहेको भन्दै चिन्ता व्यक्त भइरहेका छन् । खोप उत्पादक फाइजर बायोएनटेकले गरेको पछिल्लो अध्ययनमा फाइजर खोपले कोभिडको मुख्य ’स्ट्रेन’को तुलनामा ओमिक्रोनविरुद्ध एन्टिबडी उत्पादन गर्ने पाइएको छ । तर त्यो कमी बुस्टर मात्राले पूर्ति गर्ने बताइएको छ । विश्व स्वास्थ्य सङ्गठनले भने सुरुवाती मात्रा उपलब्ध गराउने कार्य नै प्राथमिकतामा पर्नुपर्ने जनाएको छ ।

डब्ल्यूएचओकी खोप सम्बन्धी निर्देशक केट ओ ब्रायनले धनी राष्ट्रहरूलाई खोप दान गर्ने कार्य जारी राख्न आग्रह गरेकी छन् । ओमिक्रोन हालसम्म फेला परेका कोभिडका प्रकारमध्ये सबैभन्दा बढी उत्परिवर्तित भेरिअन्ट हो । प्रारम्भिक तथ्याङ्क अनुसार ओमिक्रोनले मानिसहरूलाई डेल्टा भेरिअन्ट वा अन्य ’’स्ट्रेन’’भन्दा बढी बिरामी नपार्ने देखिएको डब्ल्यूएचओको आपत्कालीन कार्यक्रमका कार्यकारी निर्देशक डा. माइक रायनले जानकारी दिएका छन् ।

अमेरिकाका वरिष्ठ सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीका अनुसार प्रारम्भिक प्रमाणहरूका अनुसार ओमिक्रोन निकै सङ्क्रामक हुनसक्ने तर यसले मानिसहरूलाई तुलनात्मक रूपमा धेरै गम्भीर अवस्थामा भने नपु¥याएको देखिएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार सन् २०२०मा महामारी सुरु भएयता विश्वभर ५० लाखभन्दा बढीले कोरोनाभाइरसका कारण ज्यान गुमाइसकेका छन् । -बीबीसीबाट

प्रतिक्रिया दिनुहोस

महिला सञ्जालका गतिविधि गाउँगाउँमा पुर्याउन इटहरीकी उपमेयर संगीता चौधरीको आग्रह

इटहरीः इटहरी उपमहानगरपालिकाकी नव निर्वाचित उपमेयर संगीता कुमारी चौधरीले महिला संजालका गतिविधी गाउँगा ...

खेलाडीको विवरण संकलन गर्दै प्रदेश खेलकुद विकास बोर्ड

इटहरीः प्रदेश नम्बर एक सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश खेलकुद विकास बोर्डले प् ...

गरिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम इटहरीमा सम्पन्न, एक सय तीस बढीलाई बैंकिङ्ग शिक्षा

इटहरीः नेपाल राष्ट्र बैकबाट ‘ख’ बर्गको वित्तीय कारोबार गर्न इजाजत पाएको गरिमा विकास बैँक ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved