अमेरिकी राज्य केन्टकीमा शुक्रबार राति आएको आँधीका कारण कम्तीमा ७० जनाको मृत्यु भएको छ ।

रातभर आएको टोर्नाडो आँधीबाट मृत्यु हुनेको सङ्ख्या अझै बढ्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राज्यका गभर्नर एन्डी बेसियरले राज्यको इतिहासमा यो नै सबैभन्दा खराब आँधी भन्दै मृतकको सङ्ख्या दोब्बर हुनसक्ने जनाएका छन् ।

केन्टकीमा सङ्कटकाल घोषणा गरिएको छ । प्रहरीका अनुसार आँधीले राज्यको पश्चिमी भागमा ठूलो क्षति गरेको छ । विनाशकारी आँधी प्रतिघण्टा ७० र सय माइलको बीचमा रहेको अनुमान छ । अमेरिकी राष्ट्रिय मौसम विभागले अर्कान्सास, टेनेसी, मिसौरी र इलिनोइसलगायत राज्यमा टोर्नाडोको चेतावनी दिएको छ । अमेरिकाका धेरै राज्यमा टोर्नाडोले विनाश मच्चाइरहेको छ । एजेन्सी