इटहरीः संयुक्त अरब इमिरेट्स (युएई) मा अन्तर्राष्ट्रिय नेपाली समाज इन्सको संयुक्त अरब इमिरेट्स (युएई) मा गठन भएको राष्ट्रिय कार्यसमितिले हालै पूर्णता पाएको छ । 

युएईबाट सँस्थाका महासचिव भवानी नेपालले दिएको जानकारीअनुसार विश्वभर छरिएर रहेका नेपालीहरुलाई गोलबद्ध गर्दै नेपाल र नेपालीको हितमा काम गर्ने उद्देश्यका साथ स्थापना भएको “अन्तर्राष्ट्रिय नेपाली समाज” (इन्स) को “युएई राष्ट्रिय कार्यसमिति” गठन भएको थियो । जुममार्फत् भएको एक भर्चुअल कार्यक्रमका बीच गठन भएको समितिको अध्यक्षमा मेघराजधमला सहित १४ सदस्यीय कार्यसमिति गठन गरिएको थियो । नवगठित समितिको बैठकले छ जना सल्लाहाकारको चयन गरेको छ ।

सँस्थाका सल्लाहाकारहरुमा डा.गोपाल पौड्याल मन्डने, टक गुरुङ, जे सागर, रामप्रसाद ढुङ्गेल, कुल लेप्चा र डीजी शर्मा रहेका छन् भने वरिष्ठ उपाध्यक्षमा विष्णु प्याकुरेल, उपाध्यक्षमा दीपक घिमिरे, उपाध्यक्षमै सरु कविया, सोनी भण्डारी र अविन दाहाल छन् । सँस्थाको महासचिवमा भवानी नेपाल र प्रवक्तामा राजेशराज गड्तौला चयन भएको बताइएको छ । प्रवक्ता राजेशराज गड्तौलाका अनुसार सचिव दिनेश भट्ट, साविधा अधिकारी, विक्रम केसी र भुपेन्द्र आचार्य रहेका छन् ।

कोषाध्यक्ष मोहन पन्थी र सह–कोषाध्यक्षमा कल्पना धमला, अटल उप्रेन्द्र र प्रेम गौतम चयन भएका छन् । त्यसैगरी, कार्यसमिति सदस्यहरुमा मोहन सिंगदान, सुरज रानामगर, विकास दयाल, राजेन्द्र खतिवडा, उपेन्द्र कुवँर, घायल दीपक कार्की र गुन्ज मगर रहेका छन् । नवनिर्वाचित अध्यक्ष धमलाले आफूमा ठूलो जिम्मेवारी आएको महसुस गरेको बताउँदै नवगठित समाजलाई युएईमा रहेका नेपालीहरुको हितमा लगाउने प्रतिबद्धता जाहेर गरेका छन् ।