धरानः धरान ११ मकालु कला केन्द्रका फुटबल खेलाडीहरुलाई धरान ११ का राजनीतिक दलका प्रतिनिधिहरुले संयुक्त रुपमा जर्सी सेट सहयोग गरेका छन् ।

धरान ११ मा २५ गते बाट सुरु भएको वडाध्यक्ष कप फुटबल प्रतियोगितामा सहभागी हुन प्रोत्साहन स्वरुप स्थानीय मकालु बस्तीका नव खेलाडीहरुलाई माओवादी केन्द्र धरान ११ का अध्यक्ष जितराज राई , संघीय लोकतान्त्रिक राष्ट्रिय मंच लिम्बुवानका नगर अध्यक्ष सन्जुहाङ्ग सावा लिम्बू र नेकपा एसका नेता सुकलाल लिम्बुले आज १ गते मकालु बस्तीमा संयुक्त रुपमा जर्सी सेट सहयोग गरेका हुन् ।

266279895_630940438155931_4108754041263925133_n

उक्त जर्सी सेट खेलाडी टिम क्याप्टेन भोलानाथ बिस्वकर्मा सहितको टोलिलाई हस्तान्तरण गरिएको थियो । जम्मा १२ हजार रुपैया बराबरको जर्सी सेट दाताहरूले उपलब्ध गराइएको टिम क्याप्टेन भोलानाथ बिस्वकर्माले जानकारी दिए ।