बेलायतमा हालसम्मकै उच्च कोरोना संक्रमण, एकैदिन ७८ हजार बढीमा पुष्टि

  • पुस २, २०७८
  • १९७ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः पछिल्लो समय बेलायतमा तीवग्रतिमा कोरोना संक्रमण फैलिन थालेको छ।
पछिल्लो तथ्यांकअनुसार बुधबारमात्रै बेलायतमा ७८ हजारजनाभन्दा धेरै मानिसमा कोरोना पुष्टि भएको छ। बेलायतमा यो एक दिनको संख्या कोरोना महामारी सुरु भएयताकै सर्वाधिक हो ।
यसअघि गत जनावरीमा एकैदिन बेलायतमा सबैभन्दा धेरै ६८ हजारजना संक्रमित पुष्टि भएको थियो। त्यसपछि बेलायतमा लकडाउन लगाइएको थियो।

बेलायतका प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक क्रिस विटीले त्यस्तो रेकर्ड संख्या आउँदा केही सातामा कैयौँपटक भंग हुने बताए। उनले क्रिसमसका बेला जमघट गर्नुअघि मानिसहरुले के कुरा महत्वपूर्ण हो भन्ने प्राथमिकता निर्धारण गर्न सक्नुपर्ने बताए। प्रधानमन्त्री बोरिस जोनसनले कोरोना खोपको बुस्टर मात्रा लिनु निकै महत्वपूर्ण रहेको बताए।

उनले केही ठाउँमा दुई दिनभित्रै संक्रमितको संख्या दोब्बरले बढेको पाइएको बताए। जोनसनका अनुसार राष्ट्रव्यापी रूपमा अस्पताल भर्ना हुने दर १० प्रतिशतले र लन्डनमा झन्डै एक तिहाइले बढेको देखिन्छ।

लन्डनमा ओमिक्रोनको संक्रमण फैलिरहेको छ। प्राध्यापक विटीले यतिखेर बेलायतले एकसाथ दुई छुट्टाछुट्टै प्रकोप झेलिराखेको बताए। उनका अनुसार उक्त प्रकोप अहिले निकै छिटो फैलिरहेको ओमिक्रोन र पहिलादेखि फैलिरहेको डेल्टा भेरिअन्टका कारण बनेको हो।

अहिले बेलायतमा कोरोनासँग सम्बन्धित मृत्युको संख्या भने ह्वात्तै बढेको देखिँदैन। विगत २८ दिनमा त्यहाँ कोभिड पुष्टि भएका मानिसमध्ये १६५ जनाको मृत्यु भएको आधिकारिक तथ्यांक छ। –बीबीसीबाट

प्रतिक्रिया दिनुहोस

महिला सञ्जालका गतिविधि गाउँगाउँमा पुर्याउन इटहरीकी उपमेयर संगीता चौधरीको आग्रह

इटहरीः इटहरी उपमहानगरपालिकाकी नव निर्वाचित उपमेयर संगीता कुमारी चौधरीले महिला संजालका गतिविधी गाउँगा ...

खेलाडीको विवरण संकलन गर्दै प्रदेश खेलकुद विकास बोर्ड

इटहरीः प्रदेश नम्बर एक सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश खेलकुद विकास बोर्डले प् ...

गरिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम इटहरीमा सम्पन्न, एक सय तीस बढीलाई बैंकिङ्ग शिक्षा

इटहरीः नेपाल राष्ट्र बैकबाट ‘ख’ बर्गको वित्तीय कारोबार गर्न इजाजत पाएको गरिमा विकास बैँक ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved