इटहरीः कलाकार सृजना सुब्बा, श्याम राई, दिनेश गुरुङ, राम गुरुङ, टेकराज लंघाली लगायतका कलाकारको अभिनय रहेको फिल्म फुर्वाः द नेचर गाइ युट्युबमा सार्वजनिक भएको छ ।वाई के फिल्मसको प्रस्तुतीमा निर्देशक युगल पोमो लिम्बुले निर्देशन गरेको चलचित्रमा कथा पनि निर्देशकको नै रहेको छ ।
मुलधारको चलचित्र भन्दा अलि फरक हिमाली भेगको जनजीवनलाइ चित्रण गरिएको मौलिक शैलीमा निर्माण गरिएको चलचित्र फुर्वाः द नेचर गाइ लाइ प्राकृति सुन्दरताले भरिपुर्ण उत्तरी धादिङको रुबीभ्यालीमा छायांकन गरिएको हो ।5 विभिन्न रास्ट्रीय तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा समेत प्रदर्शन भएर विभिन्न विधामा अब्बल भएको फिल्ममा दिप्त प्रकाश कश्यपको पटकथा ,मिन कुमार बिस्टको पास्र्व संगीत ,जानु काम्बाङ लिम्बुको गीतलेखन रहेको फुर्वाः द नेचर गाइमा टेकराज लंघालीको मुख्य सहायक निर्देशन र अमृत मरहठ्ठाको मेकअप रहेको छ ।
चलचित्रमा बुद्ध थापाको छायांकन, अनिल कुमार महर्जनको सम्पादन, बिक्रम राइको स्वर र संगीत रहेको छ । श्याम इंगनाम, रेजिना सावा र हिम सिंघक निर्माता रहेको चलचित्रमा हेमराज अनछङ्बो र लोकराज आङ्बुहाङ कार्यकारी निर्माता रहेका छन् ।

3