बराहक्षेत्रःराई समुदायको विषेश पर्व उधौली आज बराहक्षेत्रमा पनि धुमधामसँग मनाइएको छ ।
चक्रघट्टीस्थित साकेलाथानमा पूजाआजा, नाचधान गरेर उधौली मनाइएको किरात राई यायोख्या बराहक्षेत्र ६,७ र ८ प्रारम्भिक समितिका अध्यक्ष चित्रकुमार राईले जानकारी दिए ।
प्रत्येक वर्ष आयोजना गरिदै आएको यस् कार्यक्रमले किरात सभ्यता र संस्कारको जोगार हुने अध्यक्ष राइको बुझाइ छ ।
बराहक्षेत्रभरीका किराँती समुदायका व्यक्तिहरुको बाक्लो उपस्थितिका बीच कार्यक्रम सम्पन्न भएको छ ।