इटहरी : आन्तरिक पर्यटन प्रवद्धन गर्नको लागि भन्दै धनकुटा जिल्लाको सागुरिगढि स्थित भेडेटारले फुड फेस्टिवलको आयोजनागर्ने भएको छ ।
पुर्वकै पर्यटकिय गन्तव्यको रुपमा चिनिएको भेडेटारले बर्षेनी अँग्रेजी नयाँ बर्षको अवसरमा फुड फेस्टिवलको आयोजना गर्दै आइरहेको छ ।
यस बर्षको फेस्टिवल आगामि पुस १६ गते देखि १८ गते सम्म हुने आयोजक भेडेटार होटल एसोसियसनले बताएको छ ।
आन्तरिक पर्यटकको रोजाईमा पर्ने भेडेटारमा महोत्सवले बर्षेनी हजारौँ पर्यटकलाई तान्ने गरेको छ । भेडेटारले फेस्टिवललाई आफ्नो सुन्दरताको प्रचारकै लागि मात्रै भएपनि आयोजन गर्ने गरेको बताइन्छ ।

sankheswor-mahadev-temple
यसपालिको फेस्टिवलको बारेमा पत्रकार सम्मेलनको आयोजान गरेर सम्पुर्ण कुराहरुको जानकारी दिने आयोजक सँंस्था होटल एसोसियसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले प्रदेशपार्टलाई बताए ।
कोरोनाले थला पारेको पर्यटनलाई फुड फेस्टिवलले केहि हदसम्म भएपनि राहत दिने भेडेटारको होटल व्यावसायीहरुले अपेक्षा गरेका छन् । फुड फेस्टिवलसँगै भेडेटारमा रहेका पर्यटकिय स्थल, होटल व्यवसाय, होमस्टे, यहाँ रहेका व्यवसायीहरुको जीवनस्तर माथि उक्सने र कृषि साँस्कृतिक र शिक्षा क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा राखिएको छ ।
साँगुरीगढी गाउँपालिकामा पर्ने धनकुटामा रहेका अन्यन्तै आकर्षक पर्यटकीयस्थल शैलुङडाँडा, पाथीभरा मन्दिर, शंखेश्वर मन्दिर, भेडेटार पार्क, नजिकै रहेको आत्मघर, थुम्कीमा रहेको सूर्योदय बौद्ध पार्क, सिम्सुवा झरना (नमस्ते झरना), नाम्जेमा रहेका होमस्टे, ओख्रे भ्यू टावर, ध्वजेडाँडा, अजङ्गको बरको रुख, थाउजेन बिग बुद्धलगायत का पर्यटकिय स्थलहरु छन् ।