इटहरी :शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहमा खाली भएको शिक्षक दरवन्दिलाई पदपुर्ति गर्न झण्डै २६ सय शिक्षकको माग गर्दै विज्ञापन आव्हान गरेको छ ।
आयोगले निमावि तहको अध्यापन गर्नको लागि बिभिन्न १० विषयका दुई हजार ५ सय ९८ जना शिक्षकको माग गरेको हो ।
रित्त रहेको दरबन्दिमा शिक्षक पेशामा आवद्ध हुन चाहानेहरुले पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल््कमा आवेदन दिन सक्नेछन् भने विलम्व शुल्क तिरेर माग १३ गतेसम्म परीक्षा आवेदन फाराम भरी आवेदन गर्न सक्ने छन् । परीक्षाको आवेदन फाराम अनलाइनबाट भर्न सकिने सकिन्छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग रिक्त रहेका शिक्षक पदको संख्या थप गर्न माग गरेसँगै केन्द्रले आयोगलाई निमावि तहको रिक्त दरबन्दीको संख्या थप गरेर विवरण पठाएपछि सोही अनुसार विज्ञापन खुला गरिएको शिक्षक सेवा आयोगले बताएको छ ।
आयोगले केहि समय अघिमात्रै मावि शिक्षकको माग गर्दैै विज्ञापन प्रकाशन गरिसकेको छ ।

















