इटहरी :विवेकशील झापा पार्टीकी जुझारु नेतृ रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेको घोषणा गरेकि छिन् ।
बिहिबार पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेखेर दर्शनाले वैकल्पिक राजनीतिक शक्तिको खोलमात्रै ओढेको पार्टीमा आफू नरहने बताउँदै आजैको दिनबाट स्वतन्त्र नागरिकको भुमिकामा रहने स्पस्ट पारेकि छिन् ।

२०७० सालदेखि सुरु भएको राजनीतिक यात्रामा कयौँ उतारचढाव आए पनि त्यसलाई पार गर्दै आइरहेको तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको सङ्गठनको मूल नेतृत्वमै ढोङ्ग भेटिएको दर्शनाको पत्रमा उल्लेख गरिएको छ ।

‘सङ्घीय गणतान्त्रिक लोकतन्त्र देश नेपालमा वैकल्पिक राजनीतिको मूल चरित्र नै दुर्गन्धित बनाएर भइरहेका सम्पूर्ण कदम, व्यवहारले आउँदो दिनका नयाँ पुस्तालाई समेत नवीनतम सोच बोकेर नेपाली राजनीतिमा आउन बाधा एवम् विश्वासको खडेरी खडा गर्ने अवस्थाको सिर्जना भएको छ।’ दर्शनाले पत्रमा भनेकि छिन् ।
युवा नेतृको रुपमा उदयीमान देखिएकी दर्शनाले अघिल्लो स्थानिय चुनावमा काठमाण्डौ महानगरपालिकाको मेयरमा दावी गर्र्दै उम्मेद्धवारी समेत दिएकि थिइन ।

। पार्टी भित्र विवाद र अन्तरकलह बढेपछि हालै मात्रै अध्यक्ष रविन्द्र मिश्रले संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका थिए । एता पाण्डेले भने कारवाहि अस्वीकार गर्ने बताइसकेका छन् । आफुलाई कारवाहि गरेकै दिन मिलन पाण्डेले २ सय सदस्य रहेको समानान्तर केन्द्रीय समिति गठन गरिसकेको छन् ।