इटहरीः लामो समयको प्रतिक्षापछि ‘हेल्लो जिन्दगी’ फिल्मको बिहीबार फस्र्टलुक पोस्टर सार्वजनीक गरिएको छ । एभरेष्ट सूर्य बोहराद्धारा लिखित,निर्देशीत फिल्म आगामी चैत्र ११ गते अर्थात् २५ मार्च, २०२२ मा देशब्यापी प्रदर्शनमा आउने तय भएको जानकारी निर्देशक बोहराले दिएका छन् ।
सत्य घटनामा आधारित सामाजीक कथानक फिल्ममा बिक्रम डि.जोशी,प्रियंका कार्की,दीपीका प्रसाईं,एभरेष्ट सूर्य बोहरा, विल्सन बिक्रम राई,बिक्रान्त बस्नेत,सबिता गुरुङ,सनमकुमार बैराग,जानकी पन्त (जुन),ध्रुव दत्त,कुमुद पन्तलगायतका कलाकारले अभिनय गरेका छन् ।
सार्वजनीक तीन किसीमका फस्र्टलुक पोस्टर मध्ये एउटामा फिल्मका प्रमुख अभिनेता बिक्रम डि जोशी ‘एंग्री म्यान’ का रुपमा मैदानमा उत्रिएका छन् । अर्काे एउटा पोस्टरमा नायक जोशी नायिका दीपीकासँग ‘डिफेन्डिङ मुड’ देखिएका छन् भने अर्काे एक पोस्टरमा नायक जोशीका साथमा नायिकाहरु प्रियंका कार्की, दीपीका प्रसाईं,विल्सन बिक्रम राई र बिक्रान्त बस्नेतलाई प्रस्तुत गरिएको छ ।
युके र नेपालमा छायांकन गरिएको फिल्मको निर्मातामा हिराल जोशी र बिक्रम डि जोशी छन् । सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको फिल्मको कथा निर्देशक बोहरा र बिक्रम डि जोशीको हो भने पटकथा र सम्वादमा निर्देशक बोहरालाई अभिमन्यु निरवीले साथ दिएका छन् । निर्देशक बोहराकै शब्द रहेको फिल्ममा राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत छ । प्रमोद खरेल,प्रताप दास,प्रबिशा अधिकारी,एड्रिन प्रधान र रजिना रिमालको स्वरमा रहेका गीतमा बिष्णु देवाको कोरियोग्राफी छ । आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको डिजिटल राइटस् ओएसआर डिजिटलले लिएको हो ।
युकेमा रहे तापनि सँधै नेपाली फिल्मको बिकास, बिस्तार र गुणस्तरियता बृद्धिका लागि कटिबद्ध अभिनेता तथा निर्माता बिक्रम डि जोशीले ‘हेल्लो जिन्दगी’ ले नेपाली फिल्मको श्रीबृद्धिमा नौलो आयाम थप्ने बिश्वास ब्यक्त गरेका छन् । महंगो लगानीमा निर्माण गरिएको फिल्म गुणस्तरिय बनाउन कुनै कसर बाँकी नराखीएको जानकारी उनले दिएका छन् ।

C
महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘हेल्लो जिन्दगी’ को सहनिर्मातामा सबिता गुरुङ छिन् भने डि क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया लाइन प्रोड्युसर छन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र मित्र डि. गुरुङको सम्पादन मित्र छ । फिल्मको सहायक निर्देशकमा मार्लाेभ ढुंगाना र सीमा गुरुङ अनि मुख्य सहायक निर्देशमा सुदीप कुँवर र एलिस अधिकारी छन् । कोरोनाका कारण सुस्ताएको नेपाली फिल्मको बिश्वब्यापी बजारलाई आफ्नो फिल्मले नयाँ उचाइमा पुर्याउने बिश्वास निर्देशक बोहराको छ ।