इटहरीः प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत सार्बजनिक भएको छ । लक्षमण पोखरेलको शब्द र संगीत रहेको ‘आँशु दिएर’ बोलको गीत सार्वजनिक भएको हो । हाइ नोट नामक युट्युब च्यानलमार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
देवेन्द्र कुँवरले निर्देशन गरेको उक्त म्युजिक भिडियोको छायांकन देव पुनले गरेका हुन् । म्युजिक भिडियोमा रुपेशराज खड्का, प्रेम लामा र अस्मिता राउतलाई फिचरिङ गरिएको छ ।
मनोज चौंलागाईंले एरेन्ज गरेको गीत एक्वेस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको हो । गीतको रेकर्डिस्ट राजबाबु थारु हुन् भने मिक्सिङ मास्टरिङ प्रकाश मिश्रले गरेका छन् । सार्बजनिक गीतको भिडियोमा नरोत्तम पाण्डे र श्याम कार्कीकोे सम्पादन र रंग संयोजन रहेको छ ।