प्रेस चौतारी सुनसरीको अधिवेशन पुस २६ मा ,गोपाल कार्की सृजनशिल पत्रकारिता पुरस्कार समेत वितरण गरिने

  • पुस १२, २०७८
  • ३३० पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः प्रेस चौतारी सुनसरीको नवौँ अधिवेशन यहि पुस २६ गते इटहरीमा हुने भएको छ । इटहरीको दुर्गा पार्टी प्यालेसमा हुने अधिवेशनको लागि ३१ सदस्यीय अधिवेशन आयोजक कमिटी समेत गठन गरीसकिएको चौतारी सुनसरी अध्यक्ष शेखर ढकालले बताए ।

नवौँ अधिवेशनले नेतृत्व समेत छान्ने भएकाले चौतारीको अधिवेशनलाई चासोको साथ हेरिएको छ । अधिवेशन आयोजना गर्न चौतारीले ३ ओटा उपसमिति बनाएको छ । जसमा, शुभद्रा प्याकुरेलको संयोजकत्वमा आर्थिक उपसमिति, दिनेश गजमेरको संयोजकत्वमा संगठन विस्तार उपसमिति र विकास चाम्लिङको संयोजकत्वमा व्यवस्थापन उपसमिति गठन गरेको छ ।

अधिवेशनमा चौतारीका करिब २५० बढी प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ । अधिवेशनकै अवसरमा ब्लास्ट दैनिकका सम्पादक तथा चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका किसोर कुमार कार्कीले बुबाको नाममा स्थापना गरेको गोपाल कार्की सृजनशील पत्रकारिता पुरस्कार र उदीयमान पत्रकारिता पुरस्कार समेत वितरण गर्ने जनाइएको छ । कोरोनाको कारण अघिल्लो वर्ष देखि रोकिएको सो पुरस्कार एकै पटक वितरण गरिने छ ।

चौतारीका केन्द्रीय उपाध्यक्ष लीलाराज भट्टराईको संयोजकत्वमा सदस्यमा देवेन्द्र कार्की,रोहित राई,शुकदेव चौधरीको पुरस्कार छनोट समितिमा समेत चौतारीको बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

गरिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम इटहरीमा सम्पन्न, एक सय तीस बढीलाई बैंकिङ्ग शिक्षा

इटहरीः नेपाल राष्ट्र बैकबाट ‘ख’ बर्गको वित्तीय कारोबार गर्न इजाजत पाएको गरिमा विकास बैँक ...

शहरका बालेनले जित्दा हारेका अर्का गाउँका बालेन

इटहरीः मधेश प्रदेशको कुनै ठाउँबाट राजधानी पुगेका बालेन्द्र साह इन्जिनियर हुन् र त्यस्तै इन्जिनियर हु ...

कोसी अस्पतालमा फोहोर गर्नेलाई कारवाही, संरक्षण नगर्न दलहरुलाई आग्रह

विराटनगरः कोशी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएकोछ । तत्काल गर ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved