इटहरीः भेडेटार होटल एसोसिएशन भेडेटारको आयोजनामा यहि पुष १६ गतेदेखि १८ गतेसम्म भेडेटार फुड् फेस्टिबल हुने भएको छ ।
हरेक अंग्रेजी नयाँ बर्षमा आयोजना हुने फेस्टिवल गत बर्ष कोरोना महामारीका कारण हुन सकेको थिएन । प्रदेश एक कै महत्वपुर्ण पर्यटकिय गन्तव्यको रुपमा चिनिएको भेडेटारले अंग्रेजी नयाँ बर्ष मनाउन आउने ग्राहकलाई लक्षित गरेर फुड् फेस्टिवलको आयोजना गर्ने गरेको छ ।
२० हजार देखि ३० हजार पर्यटकले फुड् फेस्टिवलको अवलोकन गर्ने र एक करोड बराबरको कारोबार हुने अनुमान रहेको भेडेटार फुड् फेस्टिवलको आयोजना गर्ने संस्था होटल एसोसिएशन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीको भनाई छ ।

1377723448vedetar
फेस्टिवलमा भेडेटार चोक, काम्फेक , थुम्की, नाम्जे नमस्ते झरना जस्ता ठाउँलाई चिनाउने गरी सबै ठाउँमा फेस्टिवल स्थलको रुपमा विकास गरिएको रुम्दालीले बताएका छन् ।
फेस्टिवलमा भेडेटार क्षेत्रमा प्रभुत्व जमाएका जाती विषेशका खानेकुरा र अर्गानिक खानेकुराको प्रवद्धन गरिनुका साथै साँस्कृतिक कार्यक्रमको समेत आयोजना हुने आयोजकले बताएका छन् ।
फेस्टिवल अवधिभर त्यहाँका होटल लजमा बस्न आउने पाहुनालाई छुट दिनुका साथै त्यहाँ रहेका पर्यटकिय गन्तव्यहरु प्याराग्लाईडिगँ, जिपलाईनमा पनि छुट पाइने छ । फुड फेस्टिवलकै अवसर पारेर फन फ्लाइटको रुपमा हेलिकोप्टर चढ्न चाहाने पर्यटकलाई ५ हजारमै फन फ्लाइट गराउने आयोजकले बताएका छन् ।
नेष्ट भेडेटार, भेडेटार आमा समुह पाथिभरा क्लव, लायन्स क्लव अफ पाथिभरा सहआयोजक रहेको फुड फेस्टिवलको सह आयोजकमा गोर्खा ब्रुअरी मुख्य प्रायोजक छ भने प्रिन्सेस वाइन, बराह ग्रुप भेडेटार सहप्रायोजक र साँगुरीगढी गाउँपालिका सहयोगी रहने बताइएको छ ।

food festival