विराटनगरःनेपाल राष्ट्र बैंक कर्मचारी संघ विराटनगर समितिले पुष १६ र १७ गते प्रदेश स्तरीय अन्तर बैंक ब्याडमिन्टन प्रतियोगिता २०७८ को आयोजना गर्दैछ ।
विराटनगरको रोडशेषस्थित विराट ब्याडमिन्टन क्लबको कभर्ड हलमा सञ्चालन हुने उक्त प्रतियोगितामा प्रदेश १ स्थित बैंक तथा वित्तीय संस्थाबाट २० टीमको सहभागीता रहनेछ । प्रतियोगितामा प्रथम, दितीय र तृतीय हुने टीमले नगद पुरस्कारको साथै आकर्षक ट्रफी पाउनेछन् ।